IME Life New

काठमाडाैंका उपभोक्तालाई ५ ठाउँबाट आयल निगमले शनिबार ग्याँस सिलिण्डर वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्याँसका सिलिन्डरहरू बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबार साउन ३० गते काठमाडौँका विभिन्न ५ वटा स्थानहरूबाट ग्याँस सहितको सिलिन्डर वितरण गर्न लागिएको हो।

Esewa
Crest

निगमले प्रकाशन गरेको सूचना अनुसार, निगमको टेकु परिसरबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, श्रीराम, सागर, सिद्धार्थ, श्री र हिमाल ग्याँस वितरण गरिनेछ। यसैगरी यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपि, राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम, राधास्वामी, बसुन्धरा परिसरबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, भानु र ओम ग्याँस विवरणत गरिने भएको छ। यसबाहेक  पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपि, एभरेस्ट,सुगम, श्रीराम, सागर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ब्राण्डका ग्याँस उपलब्ध गराइने भएको छ।

सरकारले प्रभावकारीरूपमा अापूर्ती व्यवस्था मिलाउन नसकेपछि बजारमा खाना पकाउने ग्याँसको अभाव चर्किएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS