IME Life New

चौधरी ग्रुपको अनावश्यक दबाबपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओबाट नारायण भट्टराईले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट नारायणकुमार भट्टराईले राजीनामा दिएका छन्।

भट्टराईले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका हुन्। सञ्चालक समितिले सोमबार नै भट्टराईको राजीनामा स्वीकृत गरिसकेको छ। चौधरी ग्रुपको अनावश्यक दबाबपछि उनले सीईओबाट राजीनामा दिएको बताइएको छ।

Esewa
Crest

कम्पनी सञ्चालक समितिको २०८३ बैशाख  १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो। सीईओ बनेको छोटो समयमै उनी राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सबाट बाहिरिएका छन्। यसअघि भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ थिए।

पछिल्लो समय कम समयमै सीईओमा नियुक्त हुनेहरुले राजीनामा दिन थालेपछि कम्पनीको व्यवस्थापन अस्थिर बन्न थालेको छ। यसले कर्मचारी वृत्तमा पनि निराशा बढ्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS