IME Life New

ह्वाट्सएपको ठूलो तयारी, अफर र बिजनेस म्यासेजका लागि आउँदैछ नयाँ ट्याब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताका लागि नयाँ सेक्सन वा फोल्डर प्रस्तुत गर्दै फेरि एकपटक आफ्नो म्यासेज एपमा ठूलो परिवर्तन गर्दैछ। प्रयोगकर्ताले हवाई यात्रामा अफर, डिल र छुटका साथ अन्य चीज हेर्न सक्नेछन्।

टेकक्रन्चको रिपोर्टअनुसार, ह्वाट्सएपले एउटा नयाँ फिचर ल्याउँदैछ। यो फिचरले मुख्य च्याट लिस्टलाई सुधार गर्न मद्दत गर्नेछ।

Esewa
Crest

नयाँ अपडेट आइसकेपछि प्रयोगकर्ताले आफ्नो मुख्य च्याट पनि क्लिन राख्न सक्नेछन्। थप रुपमा ई–कमर्स प्लेटफर्म, डिल, अफर र एयरलाइन्सका म्यासेज निश्चित समयपछि स्वचालित रुपमा छुट्टै फोल्डरमा सारिनेछन् र छुट्टै देखा पर्नेछन्।

नयाँ अपडेटमा प्रमुख कम्पनीहरुबाट आउने म्यासेजहरु स्वचालित रुपमा अफर र अपडेट भनिने नयाँ फोल्डरमा स्थानान्तरण हुनेछन्। यद्यपि यसले केही नियन्त्रण पनि प्रदान गर्नेछ। जुन प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार अनुकूलित गर्न सक्छन्।

रिपोर्टमा भनिएको छ, ‘ह्वाट्सएपले यस फिचरका लागि फरक समय अवधि परीक्षण गरिरहेको छ। यो २४ घन्टासम्म हुन सक्छ।’

यदि प्रयोगकर्तालाई यो फिचर मन पर्दैन भने सेटिङहरुमा गएरलाई बन्द गर्न सक्छन्। यद्यपि, प्रयोगकर्ताले आफ्नो प्राथमिकताअनुसार समयसीमा सेट गर्न सक्ने भने छैनन्।

यो नयाँ ह्वाट्सएप फिचरको उद्देश्य छुट कुपन, अफर र डेलिभरी अपडेटजस्ता म्यसोजलाई मुख्य च्याट सूचीबाट अलग राख्नु हो। ता कि च्याट सूची स्पष्ट रहोस्।

यो ह्वाट्सएप फिचर ठूला कम्पनीमा मात्र लागू हुनेछ। साना व्यवसाय र व्यक्तिगत खाता बहिष्कृत गरिनेछ। यद्यपि, भविष्यमा साना व्यवसायबाट म्यासेजहरु अफर र अपडेट फोल्डरमा पनि पठाइनेछ। जुन हाल विचाराधीन छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS