IME Life New

यी हुन् वित्तीय ठगी पहिचान गर्न सकिने संकेतहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्क्यामरले विश्वासिलो कथा (स्क्यामका विभिन्न तरिका) बनाउँदै सोझासाझा मानिसको पैसा वा वित्तीय सूचना चोर्न सक्छन्। नवीनतम प्रविधि, नयाँ प्रकारका सेवा र फरक परिवेशसँगै यसका तरिकाहरु परिवर्तन भइरहेका छन्।

जोकोही पनि स्क्याममा पर्न सक्छन्। तल उल्लेखित संकेत (रेड फ्ल्याग)हरुको समयमै पहिचान गर्नु नै स्क्यामबाट बच्ने पहिलो कदम हो।

Esewa
Crest
  • अपरिचित व्यक्ति/संस्थाले लिंक/अट्याचमेन्ट पठाएर खोल्न लगाउनु।
  • कुराकानीको टोन सामान्य अवस्थाको भन्दा फरक छ र पैसा पठाउन आग्रह गर्नु वा वित्तीय सूचना माग्नु।
  • पठाउनुपर्नेभन्दा अन्य अपरिचित/फरक खातामा रकम पठाउन लगाउनु।
  • सञ्चारको माध्यम सामाजिक सञ्जाललाई मात्र प्रयोग गरी वित्तीय कारोबार गराउन खोज्नु वा वित्तीय जानकारी (युजर नेम, पासवर्ड, पिन, ओटीपी) माग्नु।
  • तुरुन्तै कारोबार गर्न दबाब दिनु।
  • नयाँ खाता वा विवरणको लागि अनुरोध गर्नु।
  • धेरै नाफा तर जोखिम छैन भनी आकर्षक प्रस्ताव देखाउनु।

स्क्याममा पर्दा के हुन्छ ?

  • पीडितले अन्जानमा आफैं पैसा पठाउँछ।
  • पीडितको वित्तीय सूचना चोरी हुन्छ।
  • पीडितको वित्तीय साधन र सूचनामा अर्कैले पहुँच स्थापित गर्छ।

त्यसैले शंका लागेमा वित्तीय कारोबार गर्नबाट रोकिन नेपाल राष्ट्र बैंकले सचेत गराएको छ। ‘आधिकारिकता जाचौँ, आवश्यक परेमा साइबर ब्युरो वा प्रहरी, वित्तीय संस्था र नियमनकर्तालाई जानकारी गराऔँ’, केन्द्रीय बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS