काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा १३ जनाको दरखास्त स्वीकृत भएको छ।
बीमा बोर्डले एउटा सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त दिएकामध्ये योग्यता पुगेका १३ जनाको स्वीकृत गरिएको जानकारी गराएको हो। बोर्डले गत असार ३१ गते एउटा सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको थियो।
दरखास्त स्वीकृत हुनेमा दाङ घोराही–१२ का डा राजेन्द्रकुमार पोख्रेल, काठमाडौं–३२ का सुभाष कोइराला, काठमाडौं–१६ का बुद्धकाजी श्रेष्ठ, बझाङ जयपृथ्वी–९ का गंगप्रसाद जोशी, धनुषा मिथिला बिहारी–६ का डा प्रमोदकुमार यादव र इलाम देउमाई–४ डा मुक्तिनाथ खनाल छन्।
यसैगरी बोर्डले बागलुङ–७ का डा होमनाथ गैरे, चन्द्रागिरी–३ का राजेन्द्र श्रेष्ठ, मोरङ बेलबारी–३ का तुलसीप्रसाद सुवेदी, धादिङ निलकण्ठ–१२ की विमला भट्ट, तनहुँ भानु–११ का पारस अधिकारी, सिरहा अर्नमा–५ का रोशनकुमार महतो र सिरहा लहान–२४ का उत्तमकुमार कोइरालाको दरखास्त पनि स्वीकृत गरेको छ।












