काठमाडौं । नेपाल बीमा प्राधिकरणको पहलमा बीमा विषयलाई विद्यालय तथा उच्च शिक्षाको पाठक्रममा समावेश गरिएको छ।
पाठ्यक्रम विकास केन्द्र सानोठिमीरसँगको समन्वयमा कक्षा ५, ८ र १० को सामाजिक विषयमा बीमासम्बन्धी आधारभूत जानकारी समावेश गरिएको छ। पाठ्यपुस्तकमा बीमाको परिभाषा, बीमाको प्रकार, बीमाको अवधारणा, बीमाअन्तर्गत जोखिम बाँडफाँड गर्ने विषयबारे जानकारीहरु समावेश गरिएका छन्।
पाठ्यक्रम विकास केन्द्रका अनुसार हाल कक्षा ५, ८ र १० का बीमासम्बन्धी विषय समेटिएका सामाजिक विषयमा पुस्तकहरु छपाइ भई १ वर्षका लागि परीक्षण प्रक्रियामा लगिएको छ। यसका साथै कक्षा १२ को पाठ्यक्रममा समेत बीमासम्बन्धी विषयवस्तु समावेश गर्ने कार्यसमेत अन्तिम चरणमा पुगेको प्राधिकरणले जानकारी दिएको छ।












