काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेको छ। यो दिन व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले बढेको विकास बैंक समूह सर्वाधिक ०.३९ प्रतिशतले घटेको छ।
आज बजारमा १२० कम्पनीको शेयरभाउ घटेको छ भने १३५ कम्पनीको घटेको छ। आज १९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल बैंक डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।
उच्च कारोबार भएका १० डिबेन्चर र शेयर
- नेपाल बैंक डिबेन्चरः ८९ करोड ९१ लाख रुपैयाँ
- आरबीबीएल डिबेन्चरः ६९ करोड ८५ लाख रुपैयाँ
- सानिमा डिबेन्चरः २८ करोड ५९ लाख रुपैयाँ
- एसबीएल डिबेन्चरः २२ करोड ७ लाख रुपैयाँ
- एससीबी डिबेन्चरः २० करोड ७१ लाख रुपैयाँ
- केबीएल डिबेन्चरः १८ करोड ४१ लाख रुपैयाँ
- एनएमबी डिबेन्चरः १८ करोड ३३ लाख रुपैयाँ
- बीओके डिबेन्चरः १६ करोड ६८ लाख रुपैयाँ
- जीबीआईएल डिबेन्चरः १४ करोड ५९ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ४२ लाख रुपैयाँ












