काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२५ अवार्ड’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 प्राप्त गरेको हो। काठमाडौंस्थित होटल याक एण्ड यतीमा वि.सं. २०८३ साल असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना, साथै संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त Award प्रदान गरेको हो।
कम्पनीको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले कम्पनीको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको छ ।
यस सम्मानले कम्पनीको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।












