काठमाडौं । शेयर बजार आज उकालो लागेको छ। नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूह बढेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.६० प्रतिशतले बढेको छ।
यो दिन बजार २५२ कम्पनीको शेयरभाउ बढेको छ भने १७ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- लक्ष्मी सनराइज बैंकः २८ करोड ८४ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १७ करोड ५१ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १७ करोड २६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३७ लाख रुपैयाँ
- एनआईएमबी डिबेन्चरः १४ करोड १२ लाख रुपैयाँ
- राधी विद्युतः ८ करोड ४८ लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः ८ करोड ३ लाख रुपैयाँ
- सांग्रिला डेभलपमेन्ट बैंकः ८ करोड १ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ७ करोड रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः ६ करोड ६९ लाख रुपैयाँ












