काठमाडौं । पानीपोखरी, काठमाडौँमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउनडेसन नेपालका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले हस्ताक्षर गरे ।
यस सहकार्य अन्तर्गत दुर्घटना पछि आवश्यक औषधोपचार, नगद रहित उपचार सेवा, दावी प्रक्रियालाई सरल बनाउने व्यवस्था तथा बीमा दावीको छिटो फछ्र्यौटलाई प्राथमिकता दिइनेछ । साथै, दुर्घटना पछि आवश्यक समन्वय र बीमितलाई समयमै सेवा उपलब्ध गराउन दुवै पक्षबाट प्रभावकारी रूपमा कार्य गर्ने प्रतिवद्धता रहेको छ ।
सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारीले स्वतन्त्र चालक फाउनडेसन नेपालसँग आवद्ध ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग आवश्यक सबै बीमालेख खरिद गरी सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै स्वतन्त्र चालक फाउनडेसन नेपाल र स्वतन्त्र चालक फाउनडेसन नेपालसँग आवद्ध सदस्य महानुभावहरुलाई दुर्घटना तथा औषधोपचार बीमा सेवा प्रदान गर्न पाएकोमा संस्था प्रति आभार व्यक्त गर्दै संस्थासँग आवद्ध सबै ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
साथै, संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र आफ्नो संस्थाका सदस्यहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग भएका सबै प्रकारका बीमा सेवामा क्रमशः आवद्ध गराउँदै कम्पनीसँग हातेमालो गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।









