काठमाडौं । शेयर बजार आज झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा बन्द भएको हो।
सामान्य बढेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक ०.५३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.५५ प्रतिशतको गिरावट आएको छ।
बजारमा आज १२६ कम्पनीको शेयरभाउ बढेको छ भने १३१ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः २१ कोड १७ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १८ करोड ३२ लाख रुपैयाँ
- बुंगल हाइड्रोः १७ करोड ८३ लाख रुपैयाँ
- सेन्ट्रल फाइनान्सः १६ करोड ८३ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १५ करोड ९५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १० करोड ९८ लाख रुपैयाँ
- एभरेष्ट बैंक डिबेन्चरः १० करोड १२ लाख रुपैयाँ
- सिटी होटलः ९ करोड ८६ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः ९ करोड ५२ लाख रुपैयाँ
- कुमारी बैंकः ७ करोड २३ लाख रुपैयाँ












