IME Life New

सशस्त्रका गोताखोर तालिम प्राप्त १३४ जनाको निःशुल्क दुर्घटना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भूमा जेठ २५ गते नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त १३४ जना कर्मचारी जवानहरूको प्रतिव्यक्ति २ लाखको दरले व्यक्तिगत दुर्घटना बीमा गर्ने गरी सम्झौता गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई नेशनल इन्स्योरेन्सका कार्यकारी अधिकृत नवनित गुप्ताले बीमा पोलिसीको कागजपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाडा मगरले नेशनल इन्स्योरेन्सले गरेको निःशुल्क दुर्घटना बीमाले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरूको मनोबलमा हौसला प्रदान गरेको उल्लेख गर्दै मनसुन सुरु भई विपदमा परी बेपत्ता भएका नागरिकहरूको खोजी कार्यमा आफ्नो ज्यान जोखिममा राखी नागरिकहरूको सेवा गरिरहेको बताए ।

Esewa
Crest

कार्यक्रममा नेशनल इन्स्योरेन्सका कार्यकारी अधिकृत गुप्ताले प्रहरी जवानहरूको आत्मबलको सम्मान गर्दै उनीहरूको यस कार्यमा केही सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताए ।

त्यसैगरी कम्पनीका बजार प्रमुख बिमल बास्कोटाले एक दशकदेखि हामीले गर्दै आएको यस हातेमालोलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS