काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोन समूहमा सर्वाधिक ०.४३ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा १५१ कम्पनीको शेयरभाउ बढेको छ भने १०५ कम्पनीको घटेको छ। आज १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ७१ करोड २२ लाख रुपैयाँ
- रिडी पावरः ४३ करोड २७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ३२ करोड १५ लाख रुपैयाँ
- अपी पावरः २० करोड ८५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १५ करोड ७० लाख रुपैयाँ
- बंगुल हाइड्रोः १४ करोड ७४ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १३ करोड ८६ लाख रुपैयाँ
- सहास ऊर्जाः १३ करोड ६९ लाख रुपैयाँ
- विकास हाइड्रोपावरः ९ करोड ६७ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ९ करोड ४ लाख रुपैयाँ












