काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) शृंखला औपचारिक रुपमा सार्वजनिक गरेको छ। होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रम उक्त एयर कन्डिसनर सार्वजनिक गरिएको हो।
नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ। जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो।
उक्त उत्पादनहरुको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो। यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।
किलोवाट म्यानेजरमार्फत स्मार्ट विद्युत् उपयोग ‘आफ्नो बिल तपाइँ आफैँ निर्णय गर्नुहोस्’ नयाँ श्रृंखलाको मुख्य आकर्षण नै एलजीको ‘किलोवाट म्यानेजर’ हो। जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रुपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।
ऊर्जा लागत तथा विद्युत् शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेको कम्पनीको भनाइ छ।
साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन्। त्यस्तै एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन् र असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन्।
उपभोक्ताले प्रयोगशैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन्। यस प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता बुद्धिमत्तापूर्वक समायोजन गर्छ। जसले अनपेक्षित विद्युत् बिल वृद्धिबिना स्मार्ट अनुभव प्रदान गर्दछ।
‘फ्रिज क्लिन’मार्फत सुधारिएको भित्री वायु स्वच्छता
एयर कन्डिसनरको भित्री वातावरणमा धुलो तथा ब्याक्टेरिया जम्मा हुने भएकाले स्वच्छ हावा प्रवाहबारे चिन्ता रहन सक्छ। एलजीको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धिहरु वरिपरि बरफको तह बनाउँछ। बरफ पग्लिने क्रममा ती कण ड्रेनेजमार्फत बाहिर निकालिन्छन्। जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्याउँछ।
‘फ्रिज क्लिन’ सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९.०% सम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको कम्पनीको दाबी छ।
नेपालको अवस्थाअनुसार डिजाइन
- नेपाली वातावरण र विद्युत् अवस्थालाई ध्यानमा राखेर नयाँ मोडेलहरुमा निम्न सुविधा समावेश छन्ः
- अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन+ एन्टि–कोरोसन कोटिङ
- राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १००% कपर ट्युब³
- नेपालमा सामान्य रुपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने स्टेबलाइजर–फ्री अपरेसन
नेपाली उपभोक्ताका लागि स्मार्ट समाधान
कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमाल ले भने, ‘एलजीको नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई आफ्नो विद्युत् खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण प्रदान गर्छ। ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा, यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ।’












