IME Life New

नेपाल इन्स्योरेन्सको सीईओमा पुनः दोहोरिए वीरकृष्ण महर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः वीरकृष्ण महर्जन नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले महर्जनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही जेठ १८ गतेबाट लागू हुनेछ। महर्जनको कार्यकाल २०८७ जेठ १७ गतेसम्म ४ वर्षका लागि हुनेछ।

Esewa
Crest

महर्जनसँग ३ दशकभन्दा बढी लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रहेको अनुभव रहेको छ। सन् २०२१ अक्टोबरमा नेपाल इन्स्योरेन्समा उनले सीईओ जिम्मेवारी सम्हालेका थिए।

नेपाल इन्स्योरेन्समा आउनुअघि महर्जनले साबिक प्रुडेन्सियल इन्स्योरेन्समा १४ वर्षसम्म सीईओको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS