काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा समूह घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.६४ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह सर्वाधिक ०.३३ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १२७ कम्पनीको शेयरभाउ बढेको छ भने १२० कम्पनीको शेयरभाउ घटेको छ। आज २२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः ३० करोड ६६ लाख रुपैयाँ
- अपी पावरः ११ करोड ४४ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ८ करोड ६३ लाख रुपैयाँ
- एसवाई प्यानलः ८ करोड ५६ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ८ करोड ५० लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ८ करोड ४८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ८ करोड २३ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः ८ करोड २० लाख रुपैयाँ
- रिडी पावरः ८ करोड १८ लाख रुपैयाँ
- सहास ऊर्जाः ७ करोड ६८ लाख रुपैयाँ












