IME Life New

तेस्रो त्रैमाससम्म कस्तो छ युनाइटेड अजोड इन्स्योरेन्सको वित्तीय प्रदर्शन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ५२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ४७ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब १५ करोड ४४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ७.३२ प्रतिशतले घटेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७.९६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ९८ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७२ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ३६.८६ प्रतिशतले बढेको छ।

शेयरपुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४.०३ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ७.३७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १७४.७३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS