IME Life New

धितो बन्धकी रोक्का-फुकुवा गर्न मालपोत धाउनु नपर्ने, अब यो सेवा बैंकबाटै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बैंकबाटै धितो बन्धकी रोक्का वा फुकुवा हुने भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागले एउटा परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का वा फुकुवाको काम अनलाइनबाटै हुने जानकारी गराएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा यो व्यवस्था लागू गरिएको हो।

Esewa
Crest

विभागका अनुसार यो व्यवस्था लागू भएपछि धितो बन्धकीरोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत नधाउनुपर्ने र बिचौलियामुक्त हुनेछ।

भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) बमोजिम अनुमति लिएका बैंक तथा वित्तीय संस्था यही वैशाख २१ गतेबाट यो सेवा सुरु हुनेछ। अन्य बैंक तथा वित्तीय संस्थाबाट भने आउँदा जेठ १ गतेदेखि सुरु हुने विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS