काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक २.२४ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ३० वटा कम्पनीको शेयरभाउ बढेको छ भने २३५ वटाको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिलायन्स स्पिनिङ मिल्सः २४ करोड १९ लाख रुपैयाँ
- पाल्पा सिमेन्टः २० करोड २२ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः १८ करोड २४ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १७ करोड ७९ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १७ करोड ४१ लाख रुपैयाँ
- एसवाई प्यानलः १५ करोड १ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः १४ करोड ६० लाख रुपैयाँ
- शिवम सिमेन्टः १२ करोड ३९ लाख रुपैयाँ
- होटल फरेष्ट इनः १२ करोड ४ लाख रुपैयाँ
- शिखर पावरः ११ करोड ६३ लाख रुपैयाँ












