काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गरेको छ।
बैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको नेतृत्वमा नयाँ समिति गठन गरेको हो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा फत्त बहादुर केसी रहेका छन् ।












