काठमाडौं । शेयर बजार शुक्रबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा बन्द भएको छ।
बजार सामान्य बढ्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६६ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक १.०२ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ८७ कम्पनीको शेयरभाउ बढेको छ भने १६८ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः २७ करोड ३८ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः २४ करोड ९२ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः २४ करोड ४४ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः २३ करोड ७८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २० करोड २९ लाख रुपैयाँ
- एसवाई प्यानलः १४ करोड ५१ लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड १७ लाख रुपैयाँ
- होटल फरेष्ट इनः १२ करोड ६८ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः १२ करोड ७६ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ७४ लाख रुपैयाँ












