IME Life New

लघु निर्जीवन बीमकले रु. ९८.६९ करोडको भित्र्याए व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म ९८ करोड ६९ लाख रुपैयाँबराबरको व्यापार भित्र्याएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ७४ हजार ६६३ वटा बीमालेख जारी गर्दै ९८ करोड ६९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका हुन्।

Esewa
Crest

लघु निर्जीवन बीमकमध्ये यो ९ महिनामा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख ८ हजार २६७ वटा बीमालेख जारी गर्दै २७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चैतसम्म ९२ हजार ४४ वटा बीमालेख बिक्री गर्दै २४ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २ हजार १८१ वटा बीमालेख बिक्री गर्दै २३ करोड रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७२ हजार १७१ वटा बीमालेख जारी गर्दै २२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS