IME Life New

स्टार माइक्रो इन्स्योरेन्सले भन्यो- ‘कम्पनीको शेयर स्वामित्व संरचना पारदर्शी छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले गलत र अपुष्ट खरबले लगानीकर्ताको विश्वासमा गलत असर पर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

स्टार माइक्रो इन्स्योरेन्स एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। ‘हाल विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित केही भ्रामक तथा गलत सूचनाप्रति कम्पनीको ध्यानाकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी हाम्रो कम्पनीको शेयर संरचना (शेयर होल्डिङ)सम्बन्धी विषयलाई लिएर केही व्यक्तिको नासमेत जोडेर गलत व्याख्या गरिएकोमा हाम्रो आपत्ति छ।’

Esewa
Crest

विज्ञप्तिमा स्टार माइक्रो इन्स्योरेन्स कानुनी प्रावधानअनुसार सञ्चालनमा रहेको कम्पनी रहेको उल्लेख छ। ‘कम्पनीमा सयौँ शेयरधारक छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी ठूलो संख्यामा आमनागरिक लगानी समेटिएको संस्थासम्बन्धी गलत तथा अपुष्ट जानकारी सार्वजनिक हुँदा लगानीकर्ताको विश्वासमा नकारात्मक असर पर्नुका साथै कम्पनीको नामसमेत बदनाम हुने र ग्राहकमा पनि नकारात्मक प्रभाव पर्न सक्छ।’

त्यसैले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि तथ्यगत सत्यता पुष्टि गर्न तथा जिम्मेवार र निष्पक्ष पत्रकारिताको मर्मलाई आत्मसात गर्न कम्पनीले आग्रह गरेको छ। ‘यसका साथै सम्बन्धित सरोकारवाला निकायहरुलाई यस्ता भ्रामक सूचनाको अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ।

कम्पनीको शेयर स्वामित्व संरचना पारदर्शी, कानुनी तथा नियामक निकायहरुको मापदण्डअनुसार व्यवस्थित रहेको विज्ञप्तिमा उल्लेख छ। ‘कुनै पनि किसिमको गलत व्याख्या वा अफवाहमा फैलाउने कार्यप्रति कम्पनी कडा रुपमा उभिनेछ’, विज्ञप्तिमा भनिएको छ।

कम्पनीले सम्पूर्ण शेयरधारक, सेवाग्राही तथा सरोकारवालाहरुलाई यस्ता अपुष्ट समाचारप्रति सचेत रहन तथा आधिकारिक स्रोतबाट मात्र लिन आग्रह गरेको छ।

हालैका दिनहरुमा स्टार माइक्रो इन्स्योरेन्समा गृहमन्त्री सुधन गुरुङले शेयरधारण गरेको विषयमा निकै बहस र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS