काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा स्थगित गरेको छ।
कम्पनीले यही वैशाख १० गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो। सभा चितवनको भरतपुरस्थित चितवन मिडटाउन होटलमा बिहान ११ बजे सभा डाकेको थियो।
यद्यपि कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारणसभासँगै बुक क्लोजको मिति अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। कम्पनीले विशेष साधारणसभा साधारणभा स्थगित गर्नुपरेको जनाएको छ।












