IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा चैत २६ गतेबाट आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले यही चैत २६ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १००ः१० अनुपात अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

Esewa
Crest

शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ का साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यो हकप्रद शेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न गत फागुन १७ गते बुक क्लोज गरेको थियो। यसको अर्थ आज फागुन १४ गते (फागुन १५ गते शुक्रबार र फागुन १६ गते शनिबार)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ। नियामकीय प्रावधानअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ। त्यसैले हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी नियामकीय व्यवस्थाअनुसार कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS