IME Life New

आजसम्म कायम शेयरधनीले युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १४ गते (फागुन १५ गते शुक्रबार र फागुन १६ गते शनिबार)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डबाट माघ २७ गते युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको थियो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापुँजीको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको छ।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

नियामकीय प्रावधानअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ। त्यसैले हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी नियामकीय व्यवस्थाअनुसार कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS