IME Life New

एनएफआरएस १७ अनुरुप वित्तीय विवरण सार्वजनिक गर्ने अग्रसरता देखाउँदै एनएलजी इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानक १७ (एनएफआरएस १७– इन्स्योरेन्स कन्ट्रयाक्ट्स) अनुरुप सार्वजनिक गरेको छ।

हालै लागू भएको यो जटिल लेखा मानकको सन्दर्भमा प्रारम्भिक चरणमै यसरी वित्तीय विवरण प्रस्तुत गर्नु कम्पनीको पारदर्शिता र पेसागत तत्परताको संकेतका रुपमा हेरिएको छ।

Esewa
Crest

एनएफआरएस १७ को व्यावहारिक कार्यान्वयन क्रमिक रुपमा विकसित हुँदै जाने प्रकृतिको भएकाले एनएलजीले उपलब्ध अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक व्याख्या र व्यवस्थापनको सर्वोत्तम अनुमानलाई आधार मानी वित्तीय विवरण तयार गरेको जनाएको छ। यस पहललाई बीमा क्षेत्रमा नयाँ मानकअनुसार रिपोर्टिङ अभ्यास सुरु गर्न महत्वपूर्ण कदमका रुपमा लिइएको छ।

उद्योगका सरोकारवालाहरुले यस्ता प्रयासहरुले भविष्यमा थप स्पष्टता, परिष्करण र एकरुप अभ्यासतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS