IME Life New

डिप्रोक्स लघुवित्तका सदस्यलाई व्यावसायिक गाई तथा कुखुरापालन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुलाई व्यावसायिक गाई तथा कुखुरापालन तालिम प्रदान गरिएको छ।

सुनसरीको दुहबीस्थित पशु सेवा तालिम केन्द्रको आयोजना तथा डिप्रोक्स लघुवित्तको व्यवस्थापनमा गत पुस १७ गतेदेखि २२ गतेसम्म झापा जिल्लाको गरामुनी शाखाका ५७ जना गाईपालन गर्ने सदस्यलाई ६ दिने स्थलगत गाईपालन तालिम प्रदान गरिएको हो।

Esewa
Crest

त्यसैगरी पुस २३ गतेदेखि २७ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखाका ४० जना कुखुरापालक सदस्यलाई ५ दिने स्थलगत कुखुरापालन तालिम प्रदान गरिएको संस्थाले जनाएको छ।

ती तालिम मार्फत ग्रामीण महिला सदस्यको क्षमता अभिवृद्धि गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो। यस तालिमबाट सहभागी पशुपालक सदस्यको दीर्घकालीन रुपमा आयवृद्धि हुने विश्वाससमेत संस्थाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS