काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजनाअन्तर्गत अत्तरियानिवासी लक्ष्मी भट्टराई सौभाग्यशाली विजेता घोषित भएकी छन्।
उक्त योजनाअनुसार केन्ट आरओ प्युरीफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्रमार्फत छनोट भएकी भट्टराईले ४ रात ५दिनको मुम्बई यात्रासहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रुपमा हेर्ने अवसर प्राप्त गरेकी हुन्।
केन्ट ब्रान्डले आफ्ना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै समय–समयमा यस्ता आकर्षक योजना ल्याउँदै आएको र यस योजनाले उपभोक्तालाई शुद्धपानीसँगै अविस्मरणीय अनुभव प्रदान गरेको जनाएको छ।
केन्ट आरओ प्युरीफायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताका लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध केन्ट आरओ प्युरीफायरले उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
केन्टले आगामी दिनमा पनि उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने यस्ता नवीन योजना र अभियान निरन्तर रुपमा ल्याउने प्रतिबद्धता जनाएको छ।












