काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुख प्रकाश साहको सवारी दुर्घटनामा परी असामयिक निधन भएको छ । माघ ५ गते ७ः३० बजे मोरङ जिल्ला बुढिगंगा स्थित निमुवामा मोटर साइकल दुर्घटना हुँदा निज साहको मृत्यु भएको हो ।
शाखा प्रमुख साहको मृत्युले सिद्घार्थ प्रिमियरले कर्तव्यनिष्ठ तथा कुशल कर्मचारी गुमाएको छ ।












