IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा क्षतिग्रस्त प्रहरी इकाई पुनर्निर्माणपछि हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ गते भएको जेनजि आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त पुनर्निर्माण मार्फत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षा जस्तो संबेदनशील निकायको कार्यसम्पादनलाई सहज बनाउन कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण योगदान पुर्‍याएको हो । समयमै पुनर्निर्माण सम्पन्न भएसँगै सम्बन्धित प्रहरी इकाईले उक्त नवनिर्मित ईकाईबाट पुनः नियमित सेवा सञ्चालन गर्न थालेको छ ।

Esewa
Crest

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले क्षतिग्रस्त कार्यालय भवनको पुननिर्माण गरी न्याय प्राप्तिका लागि सर्वोच्च अदालत आउने सेवाग्राही तथा सर्वोच्च अदालत परिसरको सुरक्षामा प्रहरी इकाईलाई सुचारु गर्न सहयोग पुर्‍याएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडप्रति धन्यवाद व्यक्त गरे ।

उक्त नवनिर्मित संरचना हस्तान्तरण कार्यक्रममा सहभागी हुँदै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले आगामी दिनहरूमा पनि सार्वजनिक हित तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरूलाई निरन्तर प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भवन पुनर्निर्माणसँगै कम्पनीले दुई थान कम्प्युटर, दुई थान दराज, एक थान प्रिन्टर, १२ थान कुर्सी तथा ९ थान टेबुल समेत उक्त प्रहरी ईकाईलाई प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS