IME Life New

सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्यारेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीले यही पुस २९ गते सम्पन्न ३२ औं वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त नगद लाभांश पुस २९ गते मंगलबारका दिनदेखि एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा क्रमशः जम्मा गरिएको जनाउको हो ।

साधारण सभा प्रयोजनकालागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश रकम सोही खातामा नै जम्मा गरिएको हो ।

Esewa
Crest

हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि यस कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोलि आफ्नो शेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपछि सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनकिो भनाई छ ।

आफ्नो शेयर अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराका शेयरधनीहरुले यथाशक्य छिटो आफ्नो हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गएमा निजहरुको नगद लाभांश सोही खातामा क्रमानुसार जम्मा गर्ने व्यवस्था गरिनेछ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्न पर्ने जनाएको छ । यस कम्पनीको शेयर दाखिला खारेजी बन्द हुने दिनसम्ममा मर्जर पश्चात् गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नं रहेका शेयरधनीहरुको खाता नं परिवर्तन हुने हुँदा त्यस्ता शेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आउन सक्ने हुँदा यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खाता नं हितग्राही खातामा अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS