IME Life New

एनएनलजी इन्स्योरेन्सको ७.३६८४ प्रतिशत लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीको २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्। यी दुवै लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।

Esewa
Crest

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब ६६ करोड ७८ लाख ३३ हजार ४०९ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले संशोधनका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नु प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS