काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स आफ्नो ३२ औँ वार्षिक साधारणसभा सम्पनन गरेको छ । सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्यांक्वेटमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको छ । जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभाले कम्पनीको प्रबन्धपत्र अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा रहेको उद्देश्यअन्तर्गत ‘(छ) सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ व्यवस्था थप गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।












