IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मोरंग जिल्लाको बेलबारी नगरपालिकाको रमिते डाँडाँमा सभा सम्पन्न गरेको हो ।

उक्त सभामा संस्थाको अध्यक्ष खड्ग बहादुर श्रेष्ठले आर्थिक बर्ष २०८१/०८२ को आय व्यय विवरण प्रस्तुत गरेका थिए । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुख प्रीति देवको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता खड्ग बहादुर श्रेष्ठले गरेका थिए ।

Esewa
Crest

साधारण सभामा संस्थाका उपाध्यक्ष प्रदिप बाबु तिवारीले स्वागत मन्तव्य राखेका थिए तथा कोषाध्यक्ष नारायण गौतमले संस्थाको बिषयमा प्रकाश पारेका थिए ।

संस्थाको सचिब प्रकाश पोखरेलले कार्यक्रम संचालन गरेका थिए । साधारण सभाले बाकी अबधिको लागि थप तीन जना संचालकहरु मुरारी प्रसाद सुबेदी (सानिमा जिआइसी) प्रकाश चन्द्र निरौला (सिद्धार्थ प्रिमियर) र अशोक चापागाई (नेसनल इन्स्योरेन्स) लाई मनोनित गरी १३ सदस्य संचालक समिति कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS