काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आफ्नो साताैं वार्षिक साधारणसभा पुस २८ गते गर्ने भएको छ ।
रवि भवनस्थित होटल क्राउन इम्पेरियल काठमाडौंमा सोमबार दिउँसो २ बजेदेखि शुरू हुने कार्यक्रम रहेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१।८२ को आय व्यय, हिसाब, नाफा, नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
बीमा प्राधिकरण र बीमकको साझेदारीमा यो संस्था सञ्चालनमा ल्याइएको भएपनि स्थापनाको सात वर्ष बितिसक्दा पनि नाफा आर्जन गर्न सकेको छैन। यो संस्थाले बीमासँग सम्बन्धित जनशक्तिहरूलाइ छोटो अवधिको व्यवसायीक र सैद्धान्तिक तालिम प्रदान गरिरहेको छ।
सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२।८३ को लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक चयन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।
साधारण सभाले सञ्चालक समितिले नियुक्त गरेको अध्यक्ष र सञ्चालक नियुक्तिको निर्णयलाइ समर्थन गर्ने प्रस्ताव पनि छलफल गरी निर्णय गर्नेछ।












