IME Life New

करेण्ट चाउचाउले उपभोक्ताको जिब्रोमा डेरा जमाउन थालेपछि खुम्चिंदै वाईवाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली तयारी चाउचाउ बजारमा दशकौँदेखि एकछत्र राज गर्दै आएको सिजी फुड्स वाईवाईलाई प्रतिस्पर्धीहरूले कडा टक्कर दिन थालेका छन्। विशेषगरी करेन्ट ब्रान्डमार्फत बजारमा प्रवेश गरेको यशोदा फुड्स र टु पीएम मार्फत प्रभाव जमाएको एशियन थाइ फुड्सले बजारको समीकरण नै बदलिदिएका छन्।

पछिल्लो वित्तीय विवरण र रेटिङ एजेन्सीका प्रतिवेदनहरूले नेपाली उपभोक्ताको रुचि परम्परागत स्वादबाट बदलिएर पिरो र वैदेशिक स्वादतर्फ केन्द्रित भएको देखाउँछ, जसको प्रत्यक्ष लाभ यशोदा फुड्सले उठाइरहेको छ।

Esewa
Crest

यशोदा फुड्स अहिले नेपालको छिटो उपभोग हुने क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको कम्पनी बनेको छ। नेपाली तयारी चाउचाउ बजारमा दशकौंदेखि एकछत्र राज गरेको वाईवाईले अहिले इतिहासकै कठिन चुनौतीको सामना गरिरहेको छ। सिजी फुड्सको वित्तीय विवरण र हालैका क्रेडिट रेटिङ रिपोर्टहरूले वाईवाईको बजार हिस्सा खुम्चिँदै गएको र प्रतिस्पर्धीहरू आक्रामक रूपमा अघि बढेको देखाउँछन्।

क्रेजी स्वाद र खानका लागि तयार विशेषताका कारण लोकप्रिय वाईवाईको व्यापार पछिल्लो दुई वर्षदेखि ओरालो लागेको छ।

आर्थिक वर्ष २०२३।२४ मा सिजी फुड्सको राजस्व ११ प्रतिशतले घटेर ८.१० अर्ब रुपैयाँमा झरेको थियो। यो गिरावट आर्थिक वर्ष २०२४।२५ को पहिलो नौ महिनामा पनि जारी रहँदै थप ६ प्रतिशतले घटेर ५.७१ अर्ब रुपैयाँमा सीमित भएको छ।

सन् २०१० को दशकको सुरुतिर करीब ४५ प्रतिशत बजार हिस्सा ओगट्ने वाइवाइको हिस्सा हाल झन्डै २८ प्रतिशतमा खुम्चिएको अनुमान छ। वाईवाईको बजार हिस्सा खोस्नमा यशोदा फुड्सको करेन्ट र एशियन थाइ फुड्सको टु पीएमको भूमिका मुख्य देखिएको छ।

करेन्ट ब्रान्डले युवा पुस्तालाई लक्षित गरी ल्याएको पिरो स्वादले बजारमा हलचल ल्याएको छ। यशोदा फुड्सको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२४।२५ मा ३१ प्रतिशतले बढेर ७.६९ अर्ब रुपैयाँ पुगेको छ।

एशियन थाइ फुड्सको उपस्थिति २ पीएम र रमपम जस्ता ब्रान्डमार्फत एशियन थाइ फुड्सले पनि आफ्नो बजार बलियो बनाउँदै लगेको छ। खासगरी कोरियाली चाउचाउको स्वादलाई सस्तो मूल्यमा उपलब्ध गराएर यी कम्पनीहरूले वाइवाइको परम्परागत बजारमा धक्का दिएका छन्।

वाईवाई किन पछि पर्दैछः

बजार माग कायमै राख्न सिजी फुड्सले पछिल्लो समय सो यम जस्ता नयाँ ब्रान्ड र विभिन्न स्वादका तयारी खाजाहरू ल्याए पनि केही आधारभूत कारणले बजार हिस्सा जोगाउन कठिन भइरहेको छ।
नेपाली उपभोक्ताहरू परम्परागत ब्राउन नुडल्सबाट पिरो र प्रिमियम स्वादतर्फ आकर्षित भएका छन्। वाइवाइले यो परिवर्तनलाई बेलैमा आत्मसात गर्न नसकेको विश्लेषण गरिएको छ।
यशोदा फुड्सले महँगो तर आकर्षक प्याकेजिङ र अकबरे पिरोको अवधारणा ल्याएर युवाहरूलाई आकर्षित गर्यो। वाईवाई अझै पनि आफ्नो पुरानो पहिचानमै अल्झिएको देखिन्छ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले गुणस्तर र सरसफाइको विषयलाई लिएर गरेको कारवाही र विवादले पनि ब्रान्डको लोकप्रियतामा केही असर पुर्‍याएको छ।

सिजी फुड्सले आफ्नो नाफाको ठूलो हिस्सा ७८ देखि १५५ प्रतिशतसम्म लाभांशको रूपमा बाँड्ने गरेको छ। जसले गर्दा कम्पनीको पुँजी विस्तार र नयाँ अनुसन्धानमा हुने लगानीलाई केही सीमित बनाएको हुनसक्छ।

बजारमा वाइवाइ अझै पनि एक बलियो ब्रान्ड भए तापनि करेन्ट र २ पीएम जस्ता प्रतिस्पर्धीहरूले देखाएको तीब्र वृद्धिले सिजी फुड्सलाई आफ्नो रणनीति पुनर्विचार गर्न बाध्य पारेको छ। बजारमा आफ्नो पकड पुनः प्राप्त गर्न कम्पनीले उत्पादनमा विविधीकरणसँगै गुणस्तर र उपभोक्ताको नयाँ स्वादको चाहनालाई सम्बोधन गर्नु अनिवार्य देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS