काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा बन्द भएको छ।
यो दिन नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक २.२८ को विन्दुले बढेको छ।
बजारमा आज २३८ कम्पनीको शेयरभाउ बढ्दा २१ कम्पनीको घटेको छ। यो दिन बजारमा साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः २७ करोड ६० लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २४ करोड ८९ लाख रुपैयाँ
- सिनर्जी पावरः २२ करोड ७५ लाख रुपैयाँ
- एसवाई प्यानलः १८ करोड ९२ लाख रुपैयाँ
- शिवम सिमेन्टः १७ करोड १३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १३ करोड ९० लाख रुपैयाँ
- बुटवल पावरः ११ करोड ७७ लाख रुपैयाँ
- राधी विद्युतः १० करोड २० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ९ करोड २४ लाख रुपैयाँ
- सन नेपाल लाइफः ८ करोड ६० लाख रुपैयाँ


















