काठमाडौं । भोलि पुस १० गते सार्वजनिक बिदा हुने भएको छ । भोलि डिसेम्बर २५ अर्थात क्रिसमस डे पर्व, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउँदैछन् ।
क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सो अवसरमा बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरु बन्द हुन्छन् ।


















