काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ५ रुपैयाँको कुल १६ करोड ९ लाख ६२ हजार ६३१.८७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही पुस १४ गते लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

















