IME Life New

भद्रपुरमा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा सञ्चालनमा, कोशी प्रदेशमा १४ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१०, चन्द्रगढीमा नयाँ शाखा विस्तार गरी औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको कोशी प्रादेशिक कार्यालयका प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले शाखाको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख श्रेष्ठले एनएलजी इन्स्योरेन्सले देशभर बीमाको पहुँच विस्तार गर्दै आम नागरिक, व्यवसायी तथा उद्योग क्षेत्रलाई सुरक्षित बनाउने लक्ष्यका साथ सेवा दिँदै आएको उल्लेख गरे । उनले छिटो दाबी भुक्तानी, पारदर्शी कार्य प्रणाली र ग्राहक–केन्द्रित सेवाका कारण एनएलजी इन्स्योरेन्स बीमा क्षेत्रमा विश्वासिलो नाम बनेको बताए ।

Esewa
Crest

कम्पनीले मोटर, कृषि, सम्पत्ति, दुर्घटना, स्वास्थ्य तथा विभिन्न व्यवसायिक बीमा योजना मार्फत व्यक्ति देखि संस्था सम्मलाई समेट्दै आएको छ। प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज बनाउँदै डिजिटल प्रणाली मार्फत बीमा पोलिसी जारी तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाएको कम्पनीको दाबी छ।

भद्रपुर शाखा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, उद्योगी तथा व्यवसायीहरूलाई बीमा सेवा लिन अब सहज हुने विश्वास कम्पनीले लिएको छ। यस शाखाले स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस नयाँ शाखा सहित एनएलजी इन्स्योरेन्सले हाल कोशी प्रदेशमा १४ वटा शाखा मार्फत बीमा सेवा प्रदान गरिरहेको छ। कम्पनीले आगामी दिनमा पनि शाखा सञ्जाल विस्तार गर्दै बीमाको दायरा ग्रामीण तथा शहरी दुवै क्षेत्रमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS