IME Life New

जन्मदिनको अवसरमा २० लाखको बिमा उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.८ अन्नपुर्णटोल निवासी शोभाखर चालिसेले आफ्नी श्रीमती लक्ष्मी आचार्य चालिसेको आज परेको जन्मदिनको शुभ अवसरमा २० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

आजको सानो बचतले भबिश्यमा साहारा मिल्ने र जति बेला पनि दुख पर्दा काम लाग्ने भएकोले यो जीवन बिमा गर्न आफुलाई सल्लाह दिनु भएकोमा सिटिजनलाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी मेनेजर मिना वाग्लेलाई बिशेष धन्यवाद समेत दिए । उनले आफ्नो सानो सानो रकमलाई समय मै सदुपयोग गरि भोलिको लागि समय मै जीवन बिमा गरि आफु र आफ्नो परिवारको आर्थिक सुरक्षाको साथै बचत पनि हुने भएकोले आजलाई मात्रै नभई भोलिको लागि पनि जीवन बिमाको ठुलो महत्व रहने भएकोले आफ्नो श्रीमतीलाई जीवन बिमा पोलिसी उपहार दिएको चालिसेले बताएका छन्।

Esewa
Crest

नगद र जिन्सी सामान उपहार दिनु भन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा दुक ढुक होइन ढुक्क भएर जीवन बिमा गर्न सकिने र बिमाले धनि बनाउन नसके पनि परिवारलाइ गरिब हुन भने दिदैंन र परेको बेलामा आर्थिक सुरक्षाको ग्यारेन्टी हुने भएकोले धनी र गरिब सबै वर्गका मानिसलाई बिमाको दायरामा अनिबार्य रुपमा आउनु हुन भैरहवा शाखाका शाखा प्रमुख गिरिजा खनालले सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।

जीवन बीमा गर्दा भविष्यमा आउन सक्ने आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकोले जीवन बिमा गर्नु उत्तम भएको भैरहवा शाखाकी सिनियर एजेन्सि मेनेजर मिना बाग्लेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS