IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीद्धारा यहि मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स  र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्सका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र,पदक तथा शिल्ड प्रदान गरेका थिए ।

Crest

उक्त प्रतियोगितामा बेस्ट गोलकीपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका रोमन सिंह, बेस्ट डिफाइन्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्सका सुनिल थापा, उच्च स्कोर हिमालयन एभरेष्ट ईन्स्योरेन्सका दिनेश कुमार सिंह र प्रतिस्पर्धाको उत्कृष्ट खेलाडी नेको इन्स्योरेन्सका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो ।

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराउने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS