IME Life New

भेटायो र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी होम आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रा. लिले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको विश्वसनीय गैर जीवन बीमा कम्पनीमध्ये एक हो । जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ।

यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ।

Esewa
Crest

भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ। दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित” रहुन भन्ने चाहाना रहेको भेटायोका सह-संस्थापक, रोचन मान महर्जनले उल्लेख गरे।

यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ।

भेटायोले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्याएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस केन्द्रित सेवा को वातावरण निर्माण गर्नु हो।

भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तैः प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS