IME Life New

सीजी इलेक्सको जाडो र एनपीएल सिजन लक्षित ईएमआई तथा एक्सचेन्ज अफर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी इलेक्सले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै ईएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण ईएमआईमा खरिद गर्दा दैनिक रु. ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ। यो अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नीलगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्।

Esewa
Crest

क्रिकेट सिजनलाई ध्यानमा राख्दै ४के स्मार्ट टीभीसहितका विभिन्न मोडेलमा विशेष ईएमआई र एक्सचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ। ४३ इन्चभन्दा ठूला स्मार्ट टीभी खरिद गर्ने ग्राहकले रु. २ हजार २०० मूल्यबराबरको टेनटीभी ९ महिनाको निःशुल्क सब्सिक्रप्सन प्राप्त गर्नेछन्। समावेश ब्रान्डहरुमा एलजी, सीजी इन्सपायरिङ, सीजी मेरिडिया, गोदेर्ज, टीसीएल, ब्रुली, निट आरओ, मिडिाय, बेबो, ब्ल्याएक प्लस डेकर, इलिका, सेन्सई र क्रोमप्टोन रहेका छन्।

कम्पनीका अनुसार पुराना उपकरण ल्याएर साट्दा बजारअनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रुपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ। ग्राहकले सीजीइलेक्स डटकममा गएर आफ्नै पुरानो उपकरणको मूल्यांकन स्वरुपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ। वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ।

ईएमअई सुविधालाई एक कदम अझ सहज बनाइएको छ। सीजी इलेक्सले जगदम्बा हायर पर्चेजसँगको टाइअप ‘नागरिकता भए पुग्छ’ सेवा उपलब्ध गराएको छ। जसअनुसार ईएमआई लिन ग्राहकलाई ग्यारेन्टरको आवश्यक पर्दैन, नागरिकता भए पुग्छ। ईएमआई स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ।

जाडोमा बढी प्रयोग हुने गिजर, हिटर, वासिङ मेसिनलगायतका उपकरणमा पनि ईएमआई सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा ईएमआई तथा एक्सचेन्ज दुवै सुविधा उपलब्ध छन्।

देशभरका सीजी डिजिडेल, एलजी ब्रान्ड शप शो–रुम, सीजी इलेक्ट्रोनिक्सका अधिकृत डिलर नेटवर्क तथा सीजीडिजिटल डलकम डलएनपीमार्फत यो अफर उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क डेलिभरी तथा निःशुल्क जडान सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS