काठमाडौं । यो साता नेप्से परिसूचक ४.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता २५६०.२९ विन्दुमा बन्द भएको बजार यो सात २६७६.०३ विन्दुमा बन्द भएको छ। यो साता बजार ११५.७४ अंक बढेको हो।
यो साता सबै समूहगत सूचक बढेका छन्। उत्पादन तथा प्रसोधन समूहको सूचक सर्वाधिक ७.२४ प्रतिशतले बढेको छ।
त्यस्तै दोस्रोमा जीवन बीमा समूहको सूचक ७.१० प्रतिशत बढेको छ।


















