IME Life New

नेपाली सोधकर्ता घिमिरेलाई चीनमा प्रतिष्ठित अनुसन्धान अवार्ड प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका सिभिल इन्जिनियर प्रतीक घिमिरेलाई चीनको प्रतिष्ठित् नेसनल नेचुरल साइन्स फाउन्डेसन अफ चाइनाबाट “ग्लोबल साइन्टिफिक रिसर्च फण्ड” प्राप्त गरेका छन् ।

विश्वव्यापी वैज्ञानिक अनुसन्धान उन्मुख कोष (Globally-Oriented Scientific Research Fund) बाट प्रदान गरिएको ३ लाख चिनियाँ युआन (करिब ६० लाख नेपाली रूपैयाँ) काे यो सम्मान् यस वर्षकै चीनमा दिएको सिभिल इन्जिनियरिङ्ग फिल्डमा एकमात्र यस्तो अनुदान सम्मान हो। यो प्राप्त गर्ने उनी पहिलो नेपाली नागरिक हुन् ।

Esewa
Crest

साथै विद्यावारिधि अध्ययन गर्दागर्दै पाउनेमा पनि पहिलो र निकै दुर्लभ साइन्टिफिक रिसर्च फण्ड पनि हो ।

घिमिरेले उत्कृष्ट विद्यावारिधि अनुसन्धान अनुदान, सिभिल इन्जिनियरिङ क्षेत्रमा पहिलो, निर्माण इन्जिनियरिङ सामग्री अनुसन्धान क्षेत्रमा पहिलो, विद्यावारिधि अध्येतामध्ये पहिलो, चीनमा रहेका नेपाली विद्यार्थीमध्ये पहिलो विद्यार्थीकारूपमा नाम दर्ज गर्न सफल भएका छन् ।

अनुदान सम्मान प्राप्ती पछि सामाजिक सञ्जालमार्फत प्रतिकृया दिंदै घिमिरेले भनेका छन्, यो उमेरमा यति ठूलो सफलता हासिल गरिएला भनेर सोचेको थिइनँ, एकातिर निकै गर्वको अनुभव छ भने जिन्दगीको असली सङ्घर्ष अब शुरु भएको महसुस भइरहेको छ।

उनले आफ्नो सफलताले नेपाली समाजबाट उत्पादन भएका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रले गरेको एक विश्वास अनि सम्मान पनि भएको बताए।

घिमिरे लेख्छन्, हाम्रो समाजमा पनि अनगिन्ती आशा लाग्दा प्रतिभाहरू छन्, एक सानै मात्र भएपनि अवसर पाएको खण्डमा हामीहरू आफूलाई योग्य सावित गर्न कुनै कमी नराखी अनन्त प्रयास गरी रहन्छौं भन्ने उदाहरण पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS