काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ‘गरिमा सुवर्ण योजना’का इकाइ निष्कासन गर्न अनुमति माग गरिएको छ।
योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा गरिमा क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ जारी गर्नेछ। जसअनुसार क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
यो योजना गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यो खुलामुखी योजना हो।

















