काठमाडौं । भ्रष्टाचार सम्बन्धि अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बंगलादेशको फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष नजरुल इस्लामविरूद्ध थप भ्रष्टाचारको मुद्दामा अनुसन्धान शुरू गरिएको छ।
बंगलादेशमा भ्रष्टाचार विरोधी आयोगले फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष नजरुल इस्लाम र निर्देशक एमए खालेक विरुद्ध ठगीको माध्यमबाट बीमितबाट थप १३ करोड ७१ लाख टाका (१५ करोड ८१ लाख नेपाली रूपैयाँ) हिनामिना गरेको आरोपमा अर्को अनुसन्धान शुरु गरेको छ।
आयोगको मुख्य कार्यालयले हालै उनीहरूको मुद्दाको अनुसन्धान गर्ने निर्णय गरेपछि अधिकारीहरूलाई नियुक्त गरेको ढाका ट्रिब्युनले लेखेको छ। आयोगले अक्टोबर २३ मा नजरुल इस्लामलाई पक्राउ गरेपछि अदालतको आदेशमा उनी हाल पुर्पक्षको लागि थुनामा छन्।
यसअघि, जुलाई ३१ मा, एसीसीले फारइस्ट इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीका पूर्व अध्यक्ष इस्लाम र प्रबन्ध निर्देशक सहित २४ जना विरुद्ध कम्पनीको सम्पत्ति खरिद गर्ने नाममा ४५ करोड टाका (रुपैयाँ) हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको थियो। कम्पनीका उपनिर्देशक सैयद अताउल कबीरले वादीको रूपमा मुद्दा दायर गरेका थिए।
मुद्दामा, संस्थाको नाममा ३३.५६ प्रतिशत स्वामित्व रहने गरी जग्गा र भवन २० करोड ७३ लाख ६० हजार टाकामा खरिद गर्ने नाममा ४५ करोड रुपैयाँ हिनामिना गरेको र अवैध स्रोत लुकाएर इच्छुक पक्ष र अज्ञात व्यक्तिलाई हस्तान्तरण गरेको आरोपमा अभियुक्तहरू विरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।

















