IME Life New

स्टार माइक्रो इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक वृद्धि, खुद बीमाशुल्क २०९% ले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको अधिकांश सूचकमा आकर्षक वृद्धि देखिएको छ ।

प्रथम त्रैमासमा कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १५६ प्रतिशतले बढी हो ।

Crest

यस अवधिमा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ लाख २५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २०९ प्रतिशतले बढी हो ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २४ लाख ९० हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ४९ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १२ लाख २१ हजार रुपैयाँ र अन्य इक्विटीमा ९२ लाख ३२ हजार रुपैयाँ रहेको छ।

कम्पनीले यस अवधिमा १६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS